logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मौसममा बदली: आज देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने


अंकुरण खबर
884
Shares

आज देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।

अहिले बदली भएको ठाउँको मौसम विस्तारै खुल्ने तर दिउँसोपछि फेरि बदली भई विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद्का अनुसार अहिले पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशका धेरै ठाउँको मौसम बदली भएको हो । यो प्रणाली कमजोर भएकाले मौसम खुल्दै गएको छ ।

तर दिउँसोपछि स्थानीय वायु सक्रिय भएपछि फेरि मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने संभावना रहेको छ । आज पहाडका धेरै र तराईका थोरै ठाउँमा पानी पर्ने पनि मौसमविद्को भनाई छ ।