logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्व राष्ट्रिय फुटबल खेलाडी रञ्जित श्रेष्ठलाई कोरोना संक्रमण


अंकुरण खबर
1.326K
Shares

राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य रञ्जित श्रेष्ठलाई कोरोना पोजेटिभ देखिएको छ।

श्रेष्ठले आफूमा कोरोना भाइरस पोजेटिभ देखिएको बताएका छन्। वैदेशिक रोजगारीको लागि हाल दुबईमा रहेका रञ्जितले फेसबुकमा भिडियो अपलोड गर्दै आफुलाई कोरोना पोजेटिभ देखिएको बताएका हुन्। हाल आफू सेल्फ आइसोलेसनमा बसेको उनले जनाएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीको तेस्रो ब्याचका खेलाडी राञ्जितले सन् २००९ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपाली टोलीमा रहेका थिए।