नेपाली भूमि मिचेर भारतले सडक बनाएको भन्दै काठमाडौंमा विरोधमा उत्रिएका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार दिउँसो प्रदर्शनमा उत्रिए झण्डै एक दर्जन युवा विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सीमा बचाऊ युवा अभियानमा आबद्ध युवाहरूले भारतले नेपाली भूमि मिचेर सडक बनाएको विरोधमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका छन् ।
लिपुलेक–कालापानी क्षेत्रको नेपाली भूभागसमेत पर्ने गरी भारतले धार्चुला हुँदै मानसरोवर जाने बाटो उद्घाटन गरेपछि नेपालमा आन्दोलन जारी छ ।