logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घरेलु मदिरा उत्पादन गर्ने २ पक्राउ


अंकुरण खबर
1.625K
Shares

अवैध घरेलु मदिरा उत्पादन गर्ने २ जना पक्राउ परेका छन् ।

बारागढी गाउँपालिका दौर्वा टोलबाट अवैध घरेलु मदिरा उत्पादन गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने पलट चौधरी र महेन्द्र साह तेली रहेका छन् ।

अवैध घरेलु मदिरा उत्पादन भइरहेको भन्ने प्राप्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालयहरु निजगढ र बारागढीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

साथै प्रहरीले घरेलु मदिरा उत्पादन गर्ने ५ वटा भट्टीबाट कच्चा पदार्थ अन्दाजी ८ हजार लिटर नष्ट गर्नुका साथै मदिरा उत्पादन गर्ने मेसिन ४ थान, ड्रम ४७ थान र मोटर १ थान समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।