logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजको मौसम : दिउँसो देशको अधिकांश भूभागमा सामान्य बदली


अंकुरण खबर
2.327K
Shares

हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको अनुसार अहिले देशभरीको मौसम भने पश्चिमी भूभागमा सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशको अधिकांश भूभागमा सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ्ग,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी, आज राति देशको पुर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागमा सामान्य बदली र बांकी भूभागमा आंशिक बदली रहनेछ।