logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ, मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर


अंकुरण खबर
715
Shares

आज मंगलबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ८८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ४७ पैसा तोकेको छ।

आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३४ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ३० पैसा र बिक्रीदर ३३ रुपैयाँ ३७ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३० रुपैयाँ ७५ पैसा छ भने बिक्रीदर मूल्य १३१ रुपैयाँ ४० पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४९ रुपैयाँ ४७ पैसा छ भने बिक्रीदर मूल्य १५० रुपैयाँ २१ पैसा छ।