logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेका पहिलो संक्रमितको पुनःपरीक्षण पनि पोजेटिभ


अंकुरण खबर
728
Shares

बाँके जिल्लाको पहिलो कोरोना संक्रमित ब्यक्तिको दोस्रो परीक्षण पोजेटिभ देखिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी ६० वर्षीय कोरोना संक्रमित पुरुषको दोस्रो पटक गरिएको परीक्षणमा पनि पोजेटिभ भेटिएको भेरी अस्पताल नेपालगञ्जका मेसु डा. प्रकाश थापाले जानकारी दिए ।

पहिलो परीक्षणमा संक्रमण पुष्टि भएको र सात दिनपछि गरिएको पुनः परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । जिल्लामा रहेका उनीसहित संक्रमित २३ जनाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ । हाल सबै बिरामीको अवस्था सामान्य रहेको उपचारमा संलग्न फिजिसियन डा. पारस खड्काले जानकारी दिए ।

नेपालगञ्जमा सात वर्षीयादेखि ६० वर्षीया नागरिकसम्म कोरोना संक्रमण देखिएको छ ।