‘शताब्दी पुरुष’ सत्यमोहन जोशी १०१ वर्ष पुगेका छन्।
नेपाली कला, संस्कृति र साहित्यमा योगदान पुर्याएका ललितपुर निवासी जोशी आज (वैशाख ३० गते) १०१ वर्ष पुगेका हुन्।
गत वर्ष सय वर्ष पुगेको अवसरमा जोशीलाई ललितपुर महानगरपालिकाले सम्मानस्वरूप नगरपरिक्रमा गराएको थियो। तर, यस वर्ष लकडाउनका कारण कुनै कार्यक्रम नगरिएको महानगरपालिकाले जनाएको छ।
कोरोना भाइरस (कोभिड–१९)संक्रमणको जोखिम रोक्न लकडाउन गरिएको छ।
यसैबीच, नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले जोशीलाई जन्मदिनको शुभकामना दिएका छन्। बेरीले ट्वीटरमार्फत् जोशीलाई जन्मदिनको शुभकामना दिँदै सुस्वास्थ्यको कामना गरेका छन्।