logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली भुमि फिर्ता गर्न सीमा अतिक्रमणविरूद्ध अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : सांसद देव गुरुङ


अंकुरण खबर
3.822K
Shares

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद देव गुरुङले नेपालको भूमि अतिक्रमणको विषयमा अन्तर्राष्ट्रिय अदालत जान सरकारलाई सुझाव दिएका छन् ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद गुरुङले नेपालको जमिन फिर्ताका लागि सरकारले पहल गर्नुपर्ने बताएका हुन् ।

सांसद गुरुङले भने, ‘नेपाल सरकारले सो जमिन फिर्ताका लागि अविलम्ब कूटनीतिक पहल गर्न पनि उनले आग्रह गरे । सांसद गुरुङले भने, ‘यो मुद्दालाई लिएर अन्तर्राष्ट्रिय अदालतमा जानुपर्ने हो कि भन्ने कुरा म नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका ठाउँमा भारतले गरेको अतिक्रमण गरेकोमा घोर विरोध गर्न चाहन्छु ।’

उनले भारतले नेपालको भूमि अतिक्रमण गरेर सडक निर्माण गरेको घोषणा गरेको र केही समयअघि ३७२ वर्ग किलोमिटर भूमि अतिक्रमण गरेर नक्सा नक्सा प्रकाशित गरेको भन्दै आपत्ति जनाएका छन् ।