logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा एकै दिन थपिए ५७ जना कोरोना संक्रमित


अंकुरण खबर
819
Shares

नेपालमा मंगलबार कोरोनाभाइरसका ५७ जना संक्रमित थपिएका छन् । यो संख्या एकै दिनमा संक्रमित थपिएको अहिलेसम्मकै उच्च हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार, पर्सामा मात्रै ३९ जना थपिएका छन् । थपिएका संक्रमित सवै पुरुष हुन् ।

कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा एक जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो सँगै, नेपालमा संक्रमित संख्या १९१ पुगेको छ । यस मध्ये ३३ जना बिरामी निको भएर घर फर्किएका छन् ।

Hamropati.com को फोटो।