logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रधानमन्त्री चिन्तित


अंकुरण खबर
780
Shares

नेपालमा धमाधम कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओली चिन्तित देखिएका छन् ।

आज (मंगलबार) बालुवाटारमा बसेको मन्त्रिपरिषद वैठकमा बोल्दै प्रधानमन्त्री ओलीले संक्रमितको संख्या बढिरहेका बेला लकडाउनलाई थप कडाइ नगरिए कोरोनाले नेपालमा गम्भिर रुप धारण गर्ने बताए ।

पछिल्लो समय नेपालको अवस्था थप गम्भीर बन्दै गएका कारण पनि लकडाउनलाई कडाइ गर्न अनिवार्य रहेको प्रधानमन्त्रीले बैठकमा बताएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिएका छन् ।

‘प्रधानमन्त्री ज्युको लकडाउन पालना नभएकोमा बढी चिन्तित हुनुहुन्छ’, मन्त्री पोखरेलले भने, ‘कोरोनाको सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउनमा थप कडाइ गर्नुपर्नेमा उहाँको जोड छ ।’

प्रधानमन्त्री ओलीले पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै यसबारे गम्भीर रुपमा छलफल गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । लकडाउन खुकुलो भएकोप्रति प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका थिए ।

प्रधानमनत्री ओलीले नेपाल–भारत सीमा विवाद कूटनीतिक तबरबाटै हल गर्ने र त्यसको तयारी अगाडि बढेको समेत बैठकमा जानकारी दिएका छन् ।