logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउनमा जुवातास खेलिरहेका ७ जना पक्राउ


अंकुरण खबर
819
Shares

पोखरा महानगरपालिका-३० मोहरियामा जुवातास खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गंगा प्रसाद गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

मोहरियाकै ६० वर्षीय डम्बर बहादुर गुरुङसहित ७ जनालाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट नगद २१ हजार २ सय ३५ रुपैयाँ र तास बरामद गरेको छ । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।