सिन्धुलीमा जिपको ठक्कबार एक पैदलयात्रीको मृत्यु भएको छ ।
मंगलबार डुमरियास्थित सडकमा पैदल हिँडिरहेको समयमा मे.१ ज १५४३ नम्बरको जिपले ठक्कर दिएको हो । जिपले ठक्करबाट मृत्यु हुनेमा कमलामाई नगरपालिका–८ बसतपुर बस्ने ५२ वर्षीय रणवहादुर सुनुवार रहेका छन् ।
गम्भीर घाइते भएका सुनुवारलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाडी र चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।