logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लक डाउन कडाइ गर्ने , एक जिल्लाबाट अर्को जिल्लामा आउजाउ बन्द, सवारी पास रद्द


अंकुरण खबर
3.159K
Shares

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि पास रद्द गरेको छ । जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि जेठ १ गतेबाट सबै प्रकारका पास रद्द गरिएको हो ।

आवातजावतका कारण कोरोना संक्रमित बढ्ने भएकाले गृह मन्त्रालयले अत्यावश्यकबाहेका अन्य सवारी साधनका लागि दिँदै आएको पास रद्द गरिएको गृह मन्त्रालयले जानकारी छ । यसअघि सात दिने पास लकडाउन भरी लागू हुने गृह जानकारी दिएको थियो ।

नेपालमा मंगलबार मात्रै ७४ जनामा कोरोना संक्रण देखिएपछि सरकारले उच्च सतर्कता अपनाएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार दिउँसो ५७ जनामा कोरोना संक्रमण पुष्टि गरेको थियो भने बुलुका थप १७ जनाको रिपोर्ट पोजेटिभ आएको स्रोतले बतायो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २०४ पुगेको छ ।