logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं र भक्तपुरमा पनि भेटिए संक्रमित, मंगलबार एकैदिनमा ८३ जना नयाँ संक्रमित


अंकुरण खबर
962
Shares

काठमाडौं र भक्तपुरमा तीन जनासहित थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै मंगलबार एकैदिनमा ८३ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार राति १० बजे भक्तपुर २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । यस्तै काठमाडौंमा ३३ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको हो ।

यसैगरी पर्सामा १८ जनामा संक्रमण पुष्टि भएको छ । २२, २८, २८, ३२, ४५ र ६० वर्षीया महिला र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१ र ६१ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ ।