नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ ।
आज (बुधबार) बिहान ११ बजेका लागि डाकिएको सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको हो।
सचिवालय स्रोतका अनुसार भीआईपीका सुरक्षागार्डमा कोरोना देखिएको र स्थायी समिति सदस्यको कोरोना परिक्षण बाँकी नै रहेको कारण देखाउँदै बैठक स्थगित गरिएको हो।
मंगलबार साँझ भक्तपुरमा फेला परेका २७ वर्षीय कोरोना संक्रमित व्यक्ति भीम रावल गृहमन्त्री हुँदादेखि नै सुरक्षा टोलीका सदस्य रहदै आएका थिए। तर उनी एक महिनादेखि रावलसँग नरहेको पुष्टि भएको छ।
नेकपाको अर्को बैठकको मिति निश्चित छैन ।