पूर्व गृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानमा कोरोना संक्रमण देखिएको छ ।
विगत ३ महिनादेखि रावलको सुरक्षामा खटिएका उनको मंगलबार कोरोना परिक्षण गरिएकोमा बुधबारको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको सशस्त्र प्रहरी प्रवक्ता प्रवीण कुमार श्रेष्ठले जानकारी दिए । उनलाई संक्रमण देखिएपछि उनीसँगै कार्यरत रहेका अन्य प्रहरीहरु त्रसित बनेका छन् ।
प्रवक्ता श्रेष्ठका अनुसार संक्रमित जवान घर रामेछाप र बसाई रहेको क्षेत्र काठमाडौं उपत्याकाबाहेक अन्यत्र गएका थिएनन् ।
रामेछाप घर भएका २७ वर्षीय जवान करिब एक महिना अघि घर विदामा गएका थिए । उनी ड्युटिमा हाजिर हुनुअघि कोरोना परिक्षण गरिएको थियो ।
भक्तपुरको चाँगुनारायण नगरपालिका १ दुवाकोटमा बस्दै आएका उनको रिपोर्ट पोजिटिभ आएपछि अहिले अस्पताल भर्ना गर्ने तयारी गरिएको छ।