logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंकी कोरोना संक्रमित महिला केही दिनअघि मात्र कन्चनपुरबाट आएकी


अंकुरण खबर
1.079K
Shares

मंगलबार अबेर साँझ स्वास्थ्य मन्त्रालयले २६ जना नयाँ कोरोनाभाइरस संक्रमित भेटिएको सूचना जारी गर्यो ।

सूचनाअनुसार एक जना काठमाडौंकी महिलामा पनि कोरोनाभाइरस संक्रमण देखियो ।

अब यी महिला २९ वैशाखमा मात्र कन्चनपुरबाट काठमाडौंमा आएको खुलेको छ । उनलाई मंगलबार राति नै टेकु अस्पतालमा लगिएको छ ।

अस्पताल स्रोतका अनुसार उनी मच्छेगाउँ बस्दै आएकी ३३ वर्षीया महिला हुन् । काठमाडौं आइसकेपछि घरबेटीले डेरामा बस्न नदिएपछि उनी चेकजाँचका लागि अस्पताल पुगेकी थिइन् ।

उनी काठमाडौंमा कसरी आइन् भन्ने अहिलेसम्म खुलाइएको छैन ।