नेकपा नेता एवं पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका एकजना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
रामेछाप घर भएका २७ वर्षीय सशस्त्र प्रहरी प्रवक्ता प्रवीण कुमारमा कोरोना संक्रमण पुष्टि भएको हो । श्रेष्ठ भक्तपुरको चाँगुनारायण नगरपालिका-१ दुवाकोटमा बस्दै आएका थिए ।
विगत ३ महिनादेखि रावलको सुरक्षामा खटिएका उनको मंगलबार कोरोना परिक्षण गरिएको थियो । बुधबारको रिपोर्टमा कोरोना पोजिटिभ आएको हो ।
भक्तपुरको दुवाकोटतिर बसोबास गर्ने उनी स्थानीय समुदायलाई कोरोना सरेको हुन सक्ने नेता रावलको दाबी छ । रावलले भने, ‘उनी दुवाकोटतिर बस्दै आएका थिए, त्यहीँबाट सरेको हुन सक्छ । अब त्यो एरियाका अरु मानिसहरुमा तत्काल परीक्षणको दायरा बढाउनुपर्छ।’
आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीमा संक्रमण देखिएपछि नेकपाका नेता रावलले उनी आफूसँग सम्पर्कमा नरहेको बताएका छन् ।
रावलले भनेका छन्, ‘उनी श्रीमती बिरामी भएको भन्दै एक महिनादेखि घर गएका थिए,’अस्ती श्रीमती निको भइन्, ड्युटीमा आउँछु भनेर फोन गरेका रहेछन, कोरोना जाँच गराएर मात्रै आउनू भन्दिएको थिएँ, जचाउँन जाँदा पोजेटिभ देखिएछ ।’