logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुधबारको सेयर बजार खुलेको ३९ मिनेटमै बन्द


अंकुरण खबर
780
Shares

लकडाउनपछि खुलेको सेयर बजारले लगानीकर्तालाई खुशी बनाउन सकेन ।

मंगलबार र बुधबार दुवै दिन बजार २% ले घटेपछि सर्किट ब्रेकर लगाएर रोक्नुपर्यो । मंगलबार करिब डेढ घन्टासम्म कारोबार हुन सकेकोमा बुधबार खुलेको ३९ मिनेटमै २% ले घट्दा कारोबार बन्द भएको हो ।

कोरोना भाइरस संक्रमण तथा लकडाउन जारी रहँदा आम लगानीकर्ताको मनोविज्ञान सकारात्मक बन्न नसकेको हो । तथापि, विश्लेषकहरुले लगानीकर्तालाई नआत्तिन सुझाव दिइरहेका छन् ।

बुधबार नेप्से सूचक २४.५८ अंकले घटेर १२०१.५७ विन्दुमा आइपुगेको छ । कुल ७४ कम्पनीको ३६ लाख १३ हजार ५२३ रुपैयाँको सेयर कारोबार भएको छ । १० हजार ५२६ कित्ता सेयर खरिदबिक्री भएको हो । कारोबार भएका सबै समूहका सूचक घटेका छन् ।