logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गोरखाबाट महिलाको चरित्रहत्या गरेको आरोपमा तीन जना पक्राउ


अंकुरण खबर
1.937K
Shares

महिलामाथि चरित्रहत्या हुने खालका अपशब्द बोलेको आरोपमा गोरखामा तीन जना पक्राउ परेका छन्।

जिल्लाको सिरानचोक गाउँपालिका–१ केराबारी स्थायी घर भएका ६१ वर्षीय महादेव रेग्मी, २३ वर्षीय होमबहादुर रेग्मी र २७ वर्षीय दीपेन्द्र दाहाललाई मङ्गलबार पक्राउ गरिएको हो ।

सोही ठाउँकी १९ वर्षीया युवतीलाई यही वैशाख ५ गते सिम्पानी खेतस्थित सार्वजनिक स्थानमा चरित्रहत्या हुने खालका अपशब्द बोली बदनाम गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  उनीहरुविरुद्ध सार्वजनिक हितविरुद्धको कसुर (अभ्रद्र व्यवहार) शीर्षकमा मुद्दा दर्ता गरिएको छ ।

पक्राउ परेका तीन जनामाथि जिल्ला प्रसासन कार्यालय गोरखाबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।