logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमित सशस्त्र प्रहरी बसेको घरका परिवार, सम्पर्कमा रहेका व्यक्तिको पहिचान गर्ने


अंकुरण खबर
2.08K
Shares

भक्तपुरमा कोरोना सङ्क्रमित पुष्टि भएका सशस्त्र प्रहरी प्रवक्ता प्रवीण कुमार श्रेष्ठसँग सम्पर्कमा आएकाहरुको पहिचान गर्ने भएको छ ।

महानगरीय प्रहरी परिषरसहितको टोलीले कोरोना संक्रमित सशस्त्र प्रहरी बसेको घरका परिवार एवं उनी सम्पर्कमा रहेका व्यक्तिको पहिचान गर्ने काम शुरु भएको छ ।

सङ्क्रमित सशस्त्र प्रहरी केही दिनअघि मात्रै रामेछापस्थित घरबाट फर्किएका थिए । काठमाडौं उपत्यका बाहिर रहेका उनी लकडाउनका बेलामा काभ्रेपलाञ्चोक र भक्तपुरको सिमाना साँगा पार गर्दै भक्तपुर आएका थिए ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले रामेछाप घर भएका सशस्त्र प्रहरी केही दिनअघि सिन्धुपाल्चोक हुँदै भक्तपुर, चाँगुनारायण नगरपालिका १ दुवाकोटस्थित कोठामा आएको पाइएको जानकारी दिए ।

रामेछाबाट आएपछि सशस्त्र प्रहरी अस्पतालमा स्वाब संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको र नतिजा पोजेटिभ आएपछि उनको मङ्गबारदेखि टेकु अस्पतालको आइसोलेशनमा उपचार शुरु भएको छ ।