काठमाडौं उपत्यका बाहिर रहेका कोरोना सङ्क्रमित पुष्टि भएका २५ वर्षीया युवती लकडाउनका बेलामा पूर्वी नाका हुँदै दुई दिनअघि सुनसरीबाट उपत्यका भित्रिएकी थिइन् ।
यही वैशाख २९ गते कोरोना संक्रमित युवती सुनसरीबाट मोटरसाइकलमा पास बनाएर भक्तपुर आई मध्यपु्रथिमि शंखधर चोकमा बस्दै आएकी नर्स साथीको कोठामा गएर बसेको पाइएको प्रहरीले जनाएको छ ।
सुनसरी, रामधुनी नगरपालिका झुम्का स्थायी घर भई भक्तपुरको सल्लाघारीमा बस्दै आएकी उनी ललितपुरमा रहेको आरोग्य फाउण्डेशनको निदान अस्पतालमा कार्यरत रहेको खुलेको छ। यसैबीच, प्रहरीले आरोग्य अस्पताल सिल गरेको छ।
झुम्कामा तीन दिन बसेको तर त्यहाँ कहाँ कसलाई भेटेर आएको हो भन्ने बारेमा खोजी भइरहेको बताइएको छ । युवती सुनसरीबाट आउँदा नै संक्रमित भएर आएको हुन सक्ने अनुमान गरिएको छ । कोरोना पुष्टि भएपछि उनलाई राति नै टेकु अस्पताल भर्ना गरिएको छ।
मोटरसाइकलको पास बनाएर आएकी सङ्क्रमित महिलासंग आउने पुरुष सुनसरी नै फर्किएका छन् । उनीहरु बाटामा कहाँ कहाँ कोकोसंग सम्पर्कमा आए तथा मोटरसाइकल चालक को थिए भन्नेबारेमा खोजी भइरहेको बताइएको छ ।