logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक


अंकुरण खबर
858
Shares

प्रधानमन्त्री केपी ओलीले आज अपरान्ह सर्वदलीय बैठक बोलाएका छन् ।

भारतले लिपुलेक–कालापानीमा नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएपछि विकसित सन्दर्भका बारेमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक गर्न लागेका हुन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साढे ४ बजे बोलाइएको छ ।

नेपालका तर्फबाट एकीकृत धारणा बनाउनका लागि बोलाइएको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीहरु सबैलाई आमन्त्रण गरिएको छ ।

नेपालको भूमि मिचेर लिपुलेकमा भारतले सडक बनाएको, बढ्दो कोरोना माहामारी लगायतका विषयमा छलफल गर्न सर्वदलिय बैठक डाकिएको बताइएको छ।