logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कपिलवस्तुको विजयनगरका ५० जनाको पिसिआर रिपोर्ट नेगेटिभ


अंकुरण खबर
754
Shares

कपिलवस्तुको विजयनगर गाउँपालिकामा ५० जनामा गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

गत आइतबार ५० जनाको पिसिआर स्वाब संकलन गरी कोरोना परीक्षण अस्पताल भैरहवामा पठाइएकोमा आज सबैको परीक्षण रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

भारतको मुम्बई, पुणेलगायत विभिन्न ठाउँबाट आइ गाउँपालिकानजिकै रहेको दशगजा क्षेत्रमा उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।