logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नारायणी अस्पतालबाटै भागे दुई जना कोरोना संक्रमित


अंकुरण खबर
806
Shares

वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित व्यक्ति भागेका छन् ।

वीरगन्ज महानगरपालिका श्रोतका अनुसार बुधबार बिहान अस्पतालमा स्वाब संकलनको भिडभाड भएका बेला शौचालयको भेन्टिलेसन् फोडेर दुई जना युवकहरू भागेको हुन् । उनीहरु किन भागे भन्ने थाहा हुन सकेको छैन ।

उनीहरूको अहिले खोजीकार्य भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए । उनीहरु मंगलबार भर्ना भएका थिए ।

वीरगन्जको नारायणी अस्पतालमा ६९ जना कोरोना संक्रमित उपचाररत छन् ।