logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालुवाटारमा सुरु भयो सर्वदलिय बैठक, सीमा विवादबारे छलफल हुने


अंकुरण खबर
845
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलिय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा सुरु बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीको सहभागिता छ ।

बैठकमा नेपाली भूमि लिपुलेक हुँदै भारतले बाटो बनाएपछि भारतसँग कसरी कुरा गर्ने भन्ने विषयमा प्रधानमन्त्रीले राय लिनेछन् ।

पटक पटक कुटनितिक वार्ताको लागि पत्र पठाउँदा पनि भारतले नटेरेपछि के गर्ने भने भन्ने बारेमा उनले सत्तापक्ष र विपक्षी दलका नेताहरुको धारणा लिनेछन् ।

यस्तै कोरोना संक्रमण बढ्दै गएको अवस्थामा अबको कदमबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।