logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भेटिए नारायणी अस्पतालबाट भागेका एक कोरोना संक्रमित


अंकुरण खबर
702
Shares

वीरगन्जस्थित नारायणी अस्पतालबाट भागेका २ कोरोना संक्रमित मध्ये १ जना फेला परेका छन् ।

कोरोना पुष्टि भएपछि आइसोलेसन वार्डमा बसेर उपचार गराईरहेका उनीहरु आज दिउसो शौचालयको भेन्टिलेसन फोडेर भागेका थिए ।

ती मध्ये एक जना वीरगन्जकै श्रीराम हलमा भेटिएका छन् । लकडाउनका कारण बन्द रहेको उक्त हलभित्र उनी बसिरहेको अवस्थामा फेला परेका हुन । उनी किन भागे भन्ने थाहा हुन सकेको छैन ।

अर्का व्यक्तिको भने खोजी कार्य भैरहेको जनाइएको छ ।