logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउनका बेला निशुल्क भोजन गराउन खटिने स्वयंंसेवकलाई निःशुल्क जीवन बीमा


अंकुरण खबर
1.352K
Shares

ओम श्री जयश बहुउद्देश्य सहकारी संस्थाका कार्यकारी निर्देशक तथा समाजसेवी जगदिश रिजालले लकडाउनका बेला निःशुल्क भोजन गराउन खटिने स्वयंंसेवकहरुलाई बिना शुल्क जीवन बीमा गराईदिएका छन् ।

यो विषम परिस्थितिमा जोखिम मोलेर निम्न आय भएका मजदुर तथा विपन्न परिवारलाई निःशुल्क भोजन गराउन खटिने काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं.८का स्वयंंसेवकहरुलाई आइएमई लाइफ इन्स्योरेन्समा जीवन बीमा गराइदिएका हुन् । जसमा बीमा योजनाको रक्षावरण २ लाख ६० हजार रहेको आइएमई लाइफ इन्स्योरेन्स  कलंकी शाखाका प्रमुख डा.निरञ्जन रिजाल ले जानकारी दिए ।

चन्द्रागिरी नगरपालीका वडा न. ८ मा वडा अध्यक्ष सन्तोष खडकाको व्यवस्थापन र संयोजकत्वमा मिति २०७७/१/२२  गतेदेखि निम्न आए भएकालाई दैनिक ९ बजेदेखि १२ बजेसम्म निःशुल्क खाना खुवाउदै आइएको छ ।