आज बिहीबार पनि अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ४६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ६ पैसा तोकेको छ।
आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ७ पैसा र बिक्रीदर ३२ रुपैयाँ २३ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ८ पैसा र बिक्रीदर ३३ रुपैयाँ २५ पैसा रहेको छ।
आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३१ रुपैयाँ १ पैसा छ भने बिक्रीदर मूल्य १३१ रुपैयाँ ६६ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४८ रुपैयाँ २७ पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ १ पैसा छ।
