logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

आजबाट लकडाउनमा थप कडाई, यी सवारी मात्रै चल्न पाउने


अंकुरण खबर
1.3K
Shares

कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले आज (बिहीबार) बाट लकडाउन कडा बनाएको छ ।

अत्यावाश्यक भनिएका नौ क्षेत्रबाहेकका व्यक्तिहरुलाई सडकमा निस्किन समेत कडाइ गरिएको छ । त्यस्ता व्यक्ति सवारी पास लिएर हिँडे पनि जरुरी कामको विषय प्रष्टसँग नखुले प्रहरीले सडकमै रोक्ने भएको छ ।

कयौं व्यक्तिको सवारी पास खारेज गरिएको पनि गृहमन्त्रालयले जनाएको छ । गृहका अनुसार आजबाट खुल्नेबाहेकका क्षेत्रमा संलग्न सबै ब्यक्तिको सवारी पास रद्द गरिएको र पुरानो पास लिएर सडकमा निस्किए प्रहरीले सडकमै राख्ने छ ।

आजबाट राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार एउटा बैंकले काठमाडौं उपत्यकाको हकमा दुईवटा मात्रै शाखा चलाउन पाउने र त्यसमा कार्यरत कर्मचारीले अनिवार्य रुपमा पास लिएर मात्रै हिँड्न पाउने भएका छन् ।

बीना पास सवारी चलाएको पाइए दिनभर सडकमै सवारी होल्ड गरिने महानगरीय प्रहरी प्रवक्ता सुशीलकुमार यादवले बताए ।

सवारी पास भएकाहरु पनि आजबाट एक जिल्लाबाट अर्को जिल्ला जान नपाउने भएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लाबाहेक एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्न पूर्ण रुपमा रोकिएको गृह मन्त्रालयले जनाएको छ ।

यी हुन् बिना पास चल्न पाउने सवारी: