त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा एक जना बिरामीलाई कोरोना भाइरस संक्रमण देखिएपछि अस्पतालले थप रणनीति तय गर्न आकस्मिक बैठक बसेको छ।
त्रिवि शिक्षण अस्पतालका कार्यकाकारी निर्देशक प्रेमकृष्ण खड्गाले अस्पतालमा भर्ना गरिएको एक बिरामीमा कोरोना पोजेटिभ देखिएको पुष्टि गरे।
कोरोना संक्रमित देखिएपछि अस्पतलालाई ब्यवस्थापनमा कठिनाई भएको छ। संक्रमित अस्पतालमा भर्ना भएका बिरामी भएको उनको भनाई छ।
अस्पताल शिल गर्ने नगर्ने निर्णय अहिले बस्ने अस्पताल ब्यवस्थापनको बैठकले तय गर्ने उनले बताए।
कपिलवस्तुकी ६ वर्षीया बालिका कोरोना संक्रमित भएको आज स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो। तर, ती बालिका शिक्षण अस्पतलमा भर्ना भएकी हुन् भन्ने मन्त्रालयले खुलाएको छैन।
शिक्षण अस्पतालले पनि भर्ना भएका विरामी यिनै बालिका हुन् या नयाँ संक्रमित भन्ने खुलाएको छैन।