कपिलवस्तुबाट ६ दिन अगाडि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गर्न आएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा लकडाउन केहि खुकुलो भएपछि उपचारमा ल्याइएकी एक ६ बर्षिया बालिकामा कोरोना भाइरस पुष्टि भएपछि अस्पतालमा सीलबन्दी गरिएको हो ।
अस्पतालको न्यूरो वार्डमा भएका उक्त बिरामीको उपचारमा संलग्न चिकित्सक, नर्स, अन्य कर्मचारी तथा वार्डमा रहेका बिरामी चिन्तित भएका छन्।
स्वासनलीमा मासु पलाएको ‘रेस्पिरेटोरी प्यापिलोम्याटोसिस’ देखिएपछि अस्पताल भर्ना गरिएकी बालिकाको शल्यक्रिया गर्नु अगाडि गरिएको पीसीआर परीक्षणमा कोरोना पोजिटिभ रहेको पाइएको हो।
बाहिरबाट कर्मचारी र स्वास्थ्यकर्मी बाहेकलाई अस्पतालभित्र प्रवेशमा रोक लगाइएको छ । ती बालिका कहाँकी हुन् भन्ने अझै खुलाइएको छैन ।