logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भक्तपुरमा देखिएकी संक्रमित युवतीको साथीको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ


अंकुरण खबर
793
Shares

भक्तपुरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका सुनसरीको झुम्काकी २५ वर्षीय युवतीको साथीको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

मंगलबार युवतीमा कोरोना पोजिटिभ देखिएपछि उनको साथीलाई बुधबार भक्तपुर अस्पतालको आइसुलेसन वार्डमा राखि स्वाब परिक्षणका लागि टेकु अस्पतालमा पठाइएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएका स्वाबको रिपोर्ट नेगेटिभ देखिएको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिइन् । संक्रमित युवतीको साथीलाई २१ दिन क्वारेन्टाइनमा राखिने र उनको एक हप्ताभित्र पुनः स्वाब परीक्षण गर्नु पर्र्न डा. गौतमले बताइन् ।

संक्रमित युवती वैशाख २९ गते सुनसरीबाट सवारी पास लिएर मोटरसाइकलमा भक्तपुर आइपुगेकी थिइन् । भक्तपुर आए लगतै उनी संखधर चोक नजिकै रहेको साथीको कोठामा बास बसेकी थिइन् ।

संक्रमित युवतीको मंगलबारदेखि टेकु अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।

यसैगरी, भक्तपुरमै भेटिएका अर्का २७ वर्षिय एक पुरुषका ७ जना परिवारका सदस्यको स्वाब परीक्षणको नतिजा आउन बाँकी रहेको भक्तपुर अस्पतालले जनाएको छ ।