logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

 कोरोनाभाइरस कहिल्यै नहराउन पनि सक्छः विश्व स्वास्थ्य संगठन


अंकुरण खबर
1.04K
Shares

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संसारबाट कहिले पनि नहराउन सक्ने बताएको छ ।

डब्लुएचओका आपत्कालीन मामिलाका निर्देशक डा. माइक राएनले कोरोना भाइरस हराउँछ भन्ने भविष्यवाणी नगर्न चेतावनी दिँदै यस्तो बताएका हुन् ।

उनले खोप बनेपछि पनि भाइरसलाई नियन्त्रण गर्न निकै ठूलो प्रयत्न आवश्यक पर्ने बताए ।

डा. राएनले बुधबार इन्टरनेट मार्फत गरिएको प्रेस सम्मेलनमा बोल्दै भने, ‘यो कुरा थाहा हुनु आवश्यक छ – कोरोनाभाइरस हाम्रो समुदायमा रहिरहने अर्को भाइरस बन्न सक्छ र यो कहिल्यै नहराउन पनि सक्छ ।’‘एचआईभी हराएको छैन तर हामीले त्यससँग रहन सिकेका छौँ ।

अहिले संसारमा १०० भन्दा बढी सम्भावित खोपहरु विकास भइरहेका छन् तर डा। राएनले खोप भएका कतिपय रोगहरू अझै पनि नहराएका उदाहरण दिए ।

कोरोनाभाइरसका कारण विश्वभर झन्डै ३ लाख मानिसको मृत्यु भइसकेको छ भने ४४ लाख २७ हजार भन्दा बढी संक्रमित भएका छन् ।