logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

छ वटा प्रदेशका २२ जिल्ला कोरोना संक्रमित, महिलाको तुलनामा पुरुष बढी


अंकुरण खबर
910
Shares

नेपालमा हालसम्म कोरोना भाइरस रोगको संक्रमण पुरुषलाई धेरै देखिएको छ। कुल २४६ संक्रमित मध्ये पुरुषको संख्या १९८ र महिलाको संख्या ४८ रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले ६ वटा प्रदेशका विभिन्न २२ जिल्लामा संक्रमितहरु रहेको जानकारी दिए।

हालसम्म कर्णली प्रदेशमा कुनैपनि संक्रमित भेटिएका छैनन् भने प्रदेश १ का ३ जिल्ला, प्रदेश २ का ७ जिल्ला, बागमती प्रदेशका ४ जिल्ला, गण्डकीको २ जिल्ला, प्रदेश ५ का ५ जिल्ला र सुदूरपश्चिमको २ जिल्लामा संक्रमितहरु देखा परेका छन्।

त्यस्तै नेपालमा हालसम्म पीसीआरबाट २२ हजार ६६४ र र्यापिड डायग्नोष्टिक टेस्टबाट ६२ हजार ३२७ जनाको कोरोना परीक्षण गरिएको प्रवक्ता देवकोटाले जानकारी दिए।

देशरभर क्वारेन्टाइनमा १५ हजार ६०० जना रहेका छन् भने २७२ जना आइसोलेसनमा रहेका छन्।