logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनसरीमा लकडाउन उल्लंघन गर्ने ७५ जना पक्राउ


अंकुरण खबर
1.69K
Shares

जिल्ला प्रहरी कार्यालय सुनसरीले लकडाउन उल्लंघन गर्ने ७५ जनालाई नियन्त्रणमा लिएको छ ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्नका लागि गरिएको लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।

नियन्त्रणमा लिइएकालाई सामाजिक दूरी, कोरोनाबाट बच्ने उपायलगायत विषयमा प्रशिक्षण दिएर छाडिएको प्रहरीले जनाएको छ ।