logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोशी कोरोना अस्पतालबाट थप एकजना डिस्चार्ज


अंकुरण खबर
910
Shares

कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत एक जनामा रिर्पोट नेगेटिभ आएपछि बिहीबार डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा भारतका २५ वर्षीय मोहम्वद अदुबकर सुल्तान रहेका छन् । सुल्तान डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १७ पुगेको छ । यसअघि १६ जना डिस्चार्ज भएका थिए ।

डिस्चार्ज भएका सुल्तानमा गत वैशाख ५ गते उदयपुरको भुल्केमा संक्रमण देखिएको थियो । उनलाई रानी मरकजको क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय मोरंगका प्रमुख तथा कोभिड अस्पताल व्यवस्थापन संयोजक ज्ञानबहादुर वस्नेतले जानकारी दिए ।

अस्पतालमा अब १८ जना उपचाररत रहेका छन् । उनीहरु सवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रदेश १ मा ३५ जनामा संक्रमण देखिएको थियो । उदयपुरमा ३२, झापामा २ र भोजपुरमा १ जनामा संक्रमण देखिएको थियो ।