दाङको तुलसीपुर उपमहानगरपालिकाको क्वारेन्टाइनमा रहेका बेला जन्मिएका जुम्ल्याहा शिशुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
वडा नं १३ निवासी अनिता यादवका दुई छोरीको स्वाब परीक्षण रिपोर्ट आज नेगेटिभ आएको हो। दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनीहरुको स्वाब परीक्षण गरिएको हो। यसअघि अनिताको रिपोर्ट ‘नेगेटिभ’ आएको थियो।
जुम्ल्याहाको तुलसी बाल अस्पताल, तुलसीपुरको आइसियुमा राखेर उपचार भइरहेको छ । उनीहरुलाई आइतबार घर फर्काइने जनाइएको छ।