logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

धनुषामा ट्रकको ठक्करबाट स्टाफ नर्सको मृत्यु


अंकुरण खबर
910
Shares

पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका-४ पुष्पबलपुरमा ट्रकको ठक्करबाट एक जना स्टाफ नर्सको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख २६२७ नम्बरको ट्रकले यादव सवार बा ५२ प ६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

ठक्करबाट मृत्यु हुनेमा पुष्पवलपुरस्थित स्वास्थ्य चौकीमा कार्यरत जनकपुरधाम उपमहानगरपालिका-१९ निवासी चन्द्ररेखा यादव रहेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए ।

ठक्करले गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

ठक्करले मोटरसाइकल चालक जनकपुर उपमहानगरपालिका १० जमुनिया बस्ने २० बर्षीय सिद्धार्थ यादव, मृतक चन्द्ररेखाको ४ बर्षीया छोरी र २ बर्षीया छोरा घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।