नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धनुषा र धादिङका १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौं दहचोकका ७ वर्षीय बालकमा पनि कोरोना संक्रमण देखिएको छ । योसंगै संक्रमितको संख्या २४९ पुगेको छ ।
