logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सप्तरीका संक्रमित युवकको सम्पर्कमा आएका २३ जनाको रिपोर्ट नेगेटिभ


अंकुरण खबर
650
Shares

कोरोना संक्रमित सप्तरीका युवकको सम्पर्कमा आएका २१ जनाको स्वाब परीक्षण नेगेटिभ आएको छ ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका–३ हटैल टोलका १८ बर्षीय युवकमा गत वैशाख २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित युवकको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।

उनको सम्पर्कमा आएका उनका आमा, हजुरआमा र हजुरबुवासहित २३ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

संक्रमित युवकको गत वैशाख २५ गते स्वाब परीक्षण गरिएको थियो  ।