logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँके र मकवानपुरमा थपिए ९ कोरोना संक्रमित, संक्रमितको संख्या २५८ पुग्यो


अंकुरण खबर
1.053K
Shares

शुक्रबार विहान नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् ।

मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमित हुनेमा आठ जना बाँके नैनापुर -१, ३ र ५ का पुरुष छन् । उनीहरुको उमेर १८ देखि ३६ वर्षसम्म रहेको छ । थप एक जना मकवानपुर निवासी ३६ वर्षीय पुरुष रहेका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बाँकेमा नयाँ देखिएका कोरोना संक्रमित दक्षिण भारतबाट आई क्वारेन्टाइनमा बसेकाहरु हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको परीक्षणमा मकवानपुरका ३७ वर्षका पुरुषमा स‌ंक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।