logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

क्वारेन्टाइनबाट भाग्दै गरेका तीन जना समातिए


अंकुरण खबर
988
Shares

परासीको रामग्राम नगरपालिकास्थित क्वारेन्टाइनबाट भाग्दै गरेका तीन जना समातिएका छन् ।

नगरपालिकाले आदर्श माविमा बनाएको क्वारेन्टाइनमा बसेका उनीहरू बिहीबार सांझ भाग्ने कोशिस गर्ने तीन जना पक्राउ परेका हुन् ।

उनीहरू बाहिर निस्कने प्रयास गर्दा गर्दै समातिएको जिल्ला प्रहरी कार्यलयका नायव उपरीक्षक प्रवक्ता विरेन्द्र थापाले जानकारी दिए ।

भाग्न खोज्नेहरू तीन दिन अघि भारतबाट आएका हुन । क्वारेन्टाइनमा अहिले ४९ जना छन् ।