logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमित बाँकेका आठै जना भारतबाट आएका थिए


अंकुरण खबर
1.482K
Shares

बाँकेमा थपिएका आठै जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भारतबाट आएको पाइएको छ ।

नरैनापुर गाउँपालिका १, ३ र ५ नम्बर वडाका उनीहरु  १४-१५ दिन अगाडि भारतबाट आएका हुन् । नेपाल प्रवेश गरेको थाहा पाएपछि क्वारेन्टाइनमा ल्याएर राखिएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिए ।

८ जना फरक फरक समूहमा आएका थिए र दीपेन्द्र प्रावि भवानपुर, नेराप्रावि र कृष्ण प्राविको क्वारेन्टाइनमा थिए । उनीहरुलाई कुनै अस्पताल लैजाको लागि स्थानीय प्रशासन र स्वास्थ्यकर्मी पर्खिरहेको उनले बताए ।