अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर ३ लाख नाघेको छ।
४४ लाख ३७ हजारभन्दा बढी यो भाइरसबाट संक्रमित छन्। यीमध्ये १५ लाखभन्दा बढी ठिक पनि भएका छन्।
कोरोनाबाट बढी मृत्यु बेहोर्ने शीर्ष ५ देश यी हुन्:
अमेरिका– १४ लाख १३ हजार संक्रमित, ८५ हजार ५०० को मृत्यु
बेलायत– २ लाख ३४ हजार संक्रमित, ३३ हजार ६१४ को मृत्यु
इटाली– २ लाख २३ हजार संक्रमित, ३१ हजार ३६८ को मृत्यु
फ्रान्स– १ लाख ७९ हजार संक्रमित, २७ हजार ४२८ को मृत्यु
स्पेन– २ लाख २९ हजार संक्रमित, २७ हजार ३०० को मृत्यु
बीबीसी