एकसाता अघि मकवानपुरको बकैया गाउँपालिका-४ जुरेलीका होमनाथ फुयाँलको किराना पसल र सप्लायर्सबाट सामान चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
चोरी गर्ने युवक १९ वर्षीय दिपेश देउजालाई प्रहरीले बकैया गाउँपालिका(५ भनौराबाट पक्राउ गरेको हो ।
देउजा फुयाँलको घरमै सञ्चालनमा रहेको पसलबाट रिचार्ज कार्ड, चुरोट, सिलप्याक मदिरा, साबुन, मन्जन, स्याम्पु, नरिवललगायत सामानहरू चोरी गरेर भागेका थिए ।
१२ लाख मूल्य बराबरको सामान चोरी भएको उल्लेख गर्दै सञ्चालकले प्रहरीमा निवेदन दिएका थिए। उनको साथबाट चोरी भएका सामानहरूसमेत बरामद भएका छन् ।