logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउन १५ दिन थपिने सम्भावना


अंकुरण खबर
715
Shares

सरकारले कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि लगाउँदै आएको लकडाउन अवधि फेरि बढाउने भएको छ ।

पछिल्लो पटक थपिएको लकडाउन अवधि ५ जेठमा सकिँदैछ । दिनहुँजसो कोभिड–१९ का नयाँ संक्रमित थपिएपछि सरकारले फेरि लकडाउन बढाउन लागेको हो । एक मन्त्रीका अनुसार अब कम्तिमा १५ दिन लकडाउन अवधि बढाउने सम्भावना छ ।

‘एक, दुई वा तीन साता लकडाउन थप्नुपर्ने सुझावहरु आएका छन्’, ती मन्त्रीले भने, ‘अब १५ दिन लकडाउन थपिने सम्भावना छ ।

सरकारले नेपालमा पहिलो संक्रमित भेटिएको दुई दिनपछि ११ चैतयता लगातार लकडाउन गर्दै आएको छ ।