logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उदयपुरका एक ३५ वर्षीय कोरोना संक्रमित पुरुष डिस्चार्ज भए


अंकुरण खबर
832
Shares

कोशी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितलाई डिस्चार्ज गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार उदयपुर जिल्लाका ३५ वर्षीय एक पुरुषको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार डिस्चार्ज गरिएको हो ।

उनलाई २७ औं दिनमा डिस्चार्ज गरिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितहरुमध्ये ३६ जना निको भइसकेका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितहरुको संख्या २५८ जना पुगेको छ ।

जसमध्ये २१० जा पुरुषहरु र ४८ जना महिलाहरु रहेको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी गराए ।