logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पौडी खेल्दा डुबेर एक बालकको मृत्यु


अंकुरण खबर
1.313K
Shares

तनहुँको व्यास नगरपालिका–६ बाह्रबिसेस्थित साँगेखोलामा डुबेर आज एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही ठाउँका १२ वर्षीय अङ्कित राना रहेका छन् । साथीसँग पौडी खेल्न गएका रानाको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीको अनुसार दमौली अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु हो । बालकको शव दमौली अस्पतालमा राखिएको छ।